युवा अभियन्ता भन्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको माग

काठमाडौं, १० वैशाख । आफूलाई ‘युवा अभियन्ता’ बताउने समूहद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

संघका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि बिना आधार आरोप लगाउँदै अपमानजनक व्यवहार गरिएको हो। प्रतिष्ठान परिसरमै खाजा खाइरहेका चिकित्सकमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्कीसमेत दिएको जनाइएको छ।

उक्त घटनालाई भिडियो खिचेर युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अतिरञ्जित रूपमा प्रचार गरिएको संघको भनाइ छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रतिष्ठामा आँच पुर्‍याएको मात्र नभई समाजमा गलत सन्देश फैलाएको संघले जनाएको छ।

‘संवेदनशील स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिमाथि आधारहीन आरोप लगाउनु, सामाजिक सञ्जालमार्फत अपमानित गर्नु र भ्रम फैलाउनु निन्दनीय कार्य हो,’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघले यस्ता गतिविधिले स्वास्थ्यकर्मी र नागरिकबीचको विश्वास कमजोर बनाउने तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत चिकित्सकमाथि आरोप लगाउने र सार्वजनिक रूपमा बदनाम गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि संघले चिन्ता व्यक्त गरेको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी छानबिन तथा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको जानकारी दिए। साथै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

‘स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको प्रत्याभूति गर्दै स्वास्थ्य सेवा प्रणालीप्रति जनविश्वास कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अराजक गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ।’

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...