लाङटाङमा पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल रन’ प्रतियोगिता हुने

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी जेठ २३ गते हुने जानकारी दिएको हो ।

समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार लामो समयदेखि लाङटाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको संस्थाले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको हो ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङटाङलाई अन्तर्राष्ट्रियस्तरको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुनेछ । करिब ३,८७० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बाबाट सुरु हुने दौड लाङटाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसी पुगेर समाप्त हुनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता रहनेछ । यस ट्रेल रनले लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउने, स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउने तथा साहसिक खेल पर्यटनमार्फत नयाँ सम्भावनाहरू खोल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट...
प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन ...
तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

अनुष्का श्रेष्ठ ले अत्यधिक भारवाहक सवारीसाधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्या...
भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

नेपालगन्ज, जेठ १२ गते । भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ ल...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि ...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य ...