३८औँ पटक पक्राउ परे ‘पेसेवर चोर’ सन्तोष रानाभाट, यसअघि ३७ मुद्दा दर्ता

काठमाडौं । प्रहरीले ३९ वर्षीय सन्तोष रानाभाटलाई ३८औँ पटक पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले तनहुँ ऋषिङ गाउँपालिका–५ रामजाकोट घर भएका रानाभाटलाई चोरी कसुरमा मंगलबार पक्राउ गरेको हो।

कार्यालयका एसपी रमेश्वर कार्कीका अनुसार पक्राउ परेका रानाभाटको साथबाट ८८० ग्राम सुनका गरगहना, ३१७ ग्राम चाँदीका गहना, १९ थान धातुका सिक्का, पाँच थान विभिन्न कम्पनीका घडी, दुई थान मोबाइल, साथै खुकुरी र फलामको रड बरामद गरिएको छ।

वैशाख १४ गते काठमाडौंको टोखा–जागरण टोलस्थित एक घरमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा उनले चैत ११ गते सचेतना मार्ग र वैशाख ८ गते कालोपुल क्षेत्रमा पनि चोरी गरेको खुलेको छ।

प्रहरीका अनुसार रानाभाट ‘पेसेवर चोर’ हुन् र प्रायः एक्लै चोरी गर्ने गरेको देखिएको छ। उनी पैदल हिँडेर विभिन्न स्थानमा पुग्ने र घरमा मानिस नभएको मौका छोपेर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि पनि रानाभाट ३७ पटक पक्राउ परिसकेका छन्। उनीविरुद्ध १३ पटक चोरी, २२ पटक अभद्र व्यवहार, एकपटक लागुऔषध र एकपटक हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। तीमध्ये १७ पटक काठमाडौं र ६ पटक ललितपुर प्रहरी परिसरले पक्राउ गरेको विवरण छ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...