Day: April 29, 2026

विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधानसहित अध्यादेश सिफारिस

विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधानसहित अध्यादेश सिफारिस

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
१६ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयका वर्तमान पदाधिकारीहरूलाई हटाउन सक्ने प्रावधानसहित राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको छ। बुधबार राष्ट्रपति कार्यालयमा पठाइएका तीन अध्यादेशमध्ये ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश’ पनि समावेश छ। उक्त अध्यादेशमार्फत विश्वविद्यालयसम्बन्धी विभिन्न ऐनका प्रावधान संशोधन गर्ने तयारी गरिएको छ। सरकारी स्रोतका अनुसार अध्यादेशमा पदाधिकारीहरूको पदावधिसम्बन्धी व्यवस्था नै हटाइएको छ। हालका ऐनअनुसार विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल ४ वर्ष हुने प्रावधान रहे पनि सो व्यवस्था हटाउन खोजिएको हो। पदावधि सम्बन्धी स्पष्ट समयसीमा उल्लेख नगरिएकाले हाल कार्यरत पदाधिकारीहरूलाई आवश्यक परे सरकारले जुनसुकै बेला हटाउन सक्ने अवस्था सिर्जना हुन सक्छ। विश्वविद्यालयहरूमा उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्त हुने व्यवस्था छ भने कुलपति प्रधान...
टोखा–८ द्वारा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न

टोखा–८ द्वारा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
  काठमाडौं । टोखा नगरपालिका वडा ८ को आयोजनामा सञ्चालन गरिएको ७ दिने निःशुल्क सेल्फ मेकअप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय महिलाहरू तथा युवतीहरूलाई सीपमूलक दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम प्रमाण पत्र सहित वितरण गर्दै समापन गरिएको हो। समापन समारोहमा वडा सदस्य अनुप राई ज्यु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वडा सदस्य मिठु नेपाली, वडा सचिव दिनेश सापकोटा, समाजसेवी बिदुर राना मगर लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा तालिममा सहभागी विभिन्न प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। तालिम अवधिभर सहभागीहरूलाई आधारभूतदेखि उन्नत स्तरसम्मका सेल्फ मेकअप सीपहरू व्यवहारिक रूपमा सिकाइएको थियो। यसले सहभागीहरूलाई व्यक्तिगत साजसज्जामा दक्ष बनाउनुका साथै भविष्यमा पेशागत रूपमा समेत अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ। क...
३८औँ पटक पक्राउ परे ‘पेसेवर चोर’ सन्तोष रानाभाट, यसअघि ३७ मुद्दा दर्ता

३८औँ पटक पक्राउ परे ‘पेसेवर चोर’ सन्तोष रानाभाट, यसअघि ३७ मुद्दा दर्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । प्रहरीले ३९ वर्षीय सन्तोष रानाभाटलाई ३८औँ पटक पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले तनहुँ ऋषिङ गाउँपालिका–५ रामजाकोट घर भएका रानाभाटलाई चोरी कसुरमा मंगलबार पक्राउ गरेको हो। कार्यालयका एसपी रमेश्वर कार्कीका अनुसार पक्राउ परेका रानाभाटको साथबाट ८८० ग्राम सुनका गरगहना, ३१७ ग्राम चाँदीका गहना, १९ थान धातुका सिक्का, पाँच थान विभिन्न कम्पनीका घडी, दुई थान मोबाइल, साथै खुकुरी र फलामको रड बरामद गरिएको छ। वैशाख १४ गते काठमाडौंको टोखा–जागरण टोलस्थित एक घरमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा उनले चैत ११ गते सचेतना मार्ग र वैशाख ८ गते कालोपुल क्षेत्रमा पनि चोरी गरेको खुलेको छ। प्रहरीका अनुसार रानाभाट ‘पेसेवर चोर’ हुन् र प्रायः एक्लै चोरी गर्ने गरेको देखिएको छ। उनी पैदल हिँडे...
बहिनीको कंकाल बोकेर बैंक पुगे दाजु, २० हजार निकाल्ने प्रयासमा ओडिशामा स्तब्ध पार्ने घटना

बहिनीको कंकाल बोकेर बैंक पुगे दाजु, २० हजार निकाल्ने प्रयासमा ओडिशामा स्तब्ध पार्ने घटना

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
ओडिशा (भारत) को केओञ्ज्हार जिल्लामा एक चकित पार्ने घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी मृत बहिनीको बैंक खाताबाट रु. २०,००० (भारतीय रुपैयाँ) निकाल्न नपाएपछि उनको कंकाल नै बैंकमा लिएर पुगेको घटना बाहिर आएको हो। ती महिलाको करिब दुई महिना अघि निधन भएको थियो र ती व्यक्ति उनका एकमात्र कानूनी हकदार रहेको बताइएको छ। पीडितका अनुसार बैंकका कर्मचारीहरूले पटक–पटक विभिन्न कागजात र प्रक्रिया पूरा गर्न भने पनि ती प्रक्रिया स्पष्ट रूपमा बुझाइएन। आवश्यक जानकारीको अभाव र लामो झन्झटका कारण उनी निराश बने र यस्तो असामान्य कदम चाल्न बाध्य भएको बताइएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले हस्तक्षेप गरेको छ र सम्बन्धित व्यक्तिलाई रकम प्राप्त गर्न सहयोग गर्ने आश्वासन दिएको छ। पछि सम्बन्धित अधिकारीहरूले पनि प्रक्रिया सम्बन्धी जानकारी पर्याप्त रूपमा नदिइएको स्वीकार गरेका छन्।...
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
१६ वैशाख, काठमाडौं – नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ। यसअघि परराष्ट्र मन्त्रालयका कर्मचारी र सत्तारुढ दलहरूको सिफारिसका आधारमा मात्र नियुक्ति हुने परम्परा रहँदै आएको थियो। परराष्ट्रमन्त्री शिशिर खनाल को सचिवालयका अनुसार अब निश्चित संख्यामा विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गर्ने योजना बनाइएको छ। सोमबार परराष्ट्र मन्त्रालय मा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सोच रहेको बताएका थिए। यद्यपि विज्ञापन खुल्ने मिति भने अझै तय भइसकेको छैन। स्रोतका अनुसार उक्त प्रस्तावमा प्रधानमन्त्रीको समेत सहमति भइसकेको छ र चाँडै विज्ञापन खुल्ने सम्भावना रहेको छ। मन्त्रीको सचिवालयका एक सदस्यले अर्को हप्ताभित्र दरखास्त आह्वान हुन सक्ने संकेत दिएका छन्। राजदूत नियुक्ति सम्बन्धी निर...