टोखा–८ द्वारा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न

 

काठमाडौं । टोखा नगरपालिका वडा ८ को आयोजनामा सञ्चालन गरिएको ७ दिने निःशुल्क सेल्फ मेकअप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय महिलाहरू तथा युवतीहरूलाई सीपमूलक दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम प्रमाण पत्र सहित वितरण गर्दै समापन गरिएको हो।

समापन समारोहमा वडा सदस्य अनुप राई ज्यु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वडा सदस्य मिठु नेपाली, वडा सचिव दिनेश सापकोटा, समाजसेवी बिदुर राना मगर लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा तालिममा सहभागी विभिन्न प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

तालिम अवधिभर सहभागीहरूलाई आधारभूतदेखि उन्नत स्तरसम्मका सेल्फ मेकअप सीपहरू व्यवहारिक रूपमा सिकाइएको थियो। यसले सहभागीहरूलाई व्यक्तिगत साजसज्जामा दक्ष बनाउनुका साथै भविष्यमा पेशागत रूपमा समेत अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

कार्यक्रममा भन्दै वडा सदस्यहरूले यस्तो सीपमूलक तालिमले महिलाको सशक्तीकरण, आत्मविश्वास वृद्धि तथा रोजगारीका अवसर सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। विशेषगरी, उक्त तालिम सञ्चालनमा सहयोग पुर्‍याएको न्यु व्यवसायिक परीक्षण केन्द्र प्रति वडा सदस्यहरूले विशेष धन्यवाद व्यक्त गरेका छन्।

समापनका क्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम अत्यन्त उपयोगी, व्यवहारिक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए। साथै, यस्तो अवसर प्रदान गरेकोमा टोखा नगरपालिका तथा वडा कार्यालयप्रति आभार व्यक्त गरिएको छ।

स्थानीय तहबाट यस्ता सीपमूलक तथा निःशुल्क तालिमहरूलाई निरन्तरता दिँदै समुदायको क्षमता अभिवृद्धिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...