सार्वजनिक संस्थान सुधार अपरिहार्य : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सार्वजनिक संस्थानहरूको सुधार र पुनर्संरचना अहिलेको आवश्यकता भएको बताएका छन् । गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समयअनुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकार आन्तरिक तयारीमा रहेको जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीहरूले थप जिम्मेवारी, उत्तरदायित्व र उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले अब समस्या मात्र औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको बताए ।

“आजको काम नै भोलिको इतिहास बन्ने भएकाले संस्थालाई गर्व गर्न लायक बनाउने जिम्मेवारी सबैको हो,” मन्त्री तिमिल्सिनाले भने ।

उनले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य रहेको धारणा राखे । बदलिँदो समयअनुसार गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, विश्वसनीय र प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको पनि उनले उल्लेख गरे ।

नेपालको भाषिक विविधता देशको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनले भाषा संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सञ्चारमाध्यमले नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।

नागरिकले तिरेको करबाट सार्वजनिक संस्था सञ्चालन हुने भएकाले जनहितलाई केन्द्रमा राखेर काम गर्नु सबैको दायित्व भएको मन्त्री तिमिल्सिनाको भनाइ थियो ।

यसैबीच, गोरखापत्र संस्थान ले आजदेखि सन्थाल र हायु भाषामा समेत समाचार प्रकाशन सुरु गरेको जनाएको छ । ती भाषासम्बन्धी विशेष पृष्ठको प्रतिकृति मन्त्री तिमिल्सिनाले अनावरण गरेका थिए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...