पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेका छन् सरकारी गाडी

सरकारले गृह मन्त्रालयमार्फत उपलब्ध गराएका सरकारी सवारीसाधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ ।

गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई सरकारी गाडी उपलब्ध गराइएको हो ।

शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ले मन्त्रालयबाट उपलब्ध दुई वटा गाडी प्रयोग गरिरहेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मी ले गृह मन्त्रालयले उपलब्ध गराएका एक/एक वटा गाडी प्रयोग गरिरहेका छन् ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी गाडी प्रयोग गरिरहेका भीभीआईपीहरूको विवरण माग गरेपछि गृह मन्त्रालयले आवश्यक जानकारी पठाइसकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्ले ले प्रधानमन्त्री कार्यालयबाट मागिएको विवरण पठाइसकिएको जानकारी दिएका छन् ।

यसैबीच, बुधबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले मापदण्डविपरीत प्रयोग भइरहेको सरकारी गाडी प्रधानमन्त्री कार्यालयमा फिर्ता पठाएका थिए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...