
काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की ले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन शुक्रबार फिर्ता गर्नुभएको छ ।
नयाँ सरकार गठनपछि राज्यको अनावश्यक खर्च घटाउने उद्देश्यले उहाँले उक्त निर्णय लिनुभएको जनाइएको छ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएसँगै कार्कीले सरकारी सुविधा सीमित गर्ने कदम चाल्नुभएको हो ।
पूर्व प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतबाट प्राप्त हुने सुविधामै सन्तुष्ट रहने बताउँदै उहाँले दोहोरो सवारी सुविधा उपयोग नगर्ने निर्णय गर्नुभएको स्रोतले जनाएको छ ।
कार्कीको यो कदमलाई सार्वजनिक खर्च कटौती तथा जिम्मेवार राजनीतिक संस्कृतितर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।