पशुपतिनाथमा रुद्राभिषेक तथा सनातन गुरु नेपालको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरस्थित सुमार्गे भवनको हल नम्बर–१ मा आयोजित रुद्राभिषेक कार्यक्रम तथा ‘सनातन गुरु नेपाल’ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट विभिन्न धर्मगुरु, आध्यात्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा ‘सनातन गुरु नेपाल’ संस्थाले आगामी दिनमा देशभर एक लाख सदस्य विस्तार गर्ने घोषणा गरेको छ। कार्यक्रममा सहभागी धर्मगुरुहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि संगठित रूपमा अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उक्त कार्यक्रमको संयोजन राजेश भट्टराई ले गरेका थिए भने कार्यक्रम समन्वयकर्ताको भूमिकामा आनन्द प्याकुरेल रहेका थिए। त्यसैगरी सन्जिप न्यौपाने, पुष्पराज पुरुष गुरु लगायत विभिन्न गुरु तथा धार्मिक व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सनातन धर्ममाथि विभिन्न किसिमका हस्तक्षेप र चुनौती बढ्दै गएको उल्लेख गर्दै धर्म, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले धार्मिक जागरण, आध्यात्मिक शिक्षा तथा युवा पुस्तामा धर्मप्रतिको चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

रुद्राभिषेक, वैदिक मन्त्रोच्चारण तथा धार्मिक प्रवचनसहित सम्पन्न कार्यक्रममा सहभागी भक्तजनहरूले धार्मिक एकता र आध्यात्मिक अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रम शान्तिपूर्ण र भक्तिमय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...