पशुपतिनाथमा रुद्राभिषेक तथा सनातन गुरु नेपालको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरस्थित सुमार्गे भवनको हल नम्बर–१ मा आयोजित रुद्राभिषेक कार्यक्रम तथा ‘सनातन गुरु नेपाल’ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट विभिन्न धर्मगुरु, आध्यात्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा ‘सनातन गुरु नेपाल’ संस्थाले आगामी दिनमा देशभर एक लाख सदस्य विस्तार गर्ने घोषणा गरेको छ। कार्यक्रममा सहभागी धर्मगुरुहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि संगठित रूपमा अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको संयोजन राजेश भट्टराई ले गरेका थिए भने कार्यक्रम समन्वयकर्ताको भूमिकामा आनन्द प्याकुरेल रहेका थिए। त्यसैगरी सन्जिप न्यौपाने, पुष्पराज पुरुष गुरु लगायत विभिन्न गुरु तथा धार्मिक व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्र...









