नतिजा चित्त नबुझे पुनर्योग र उत्तरपुस्तिका हेर्न पाइने

काठमाडौं । सोमबार राति सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योग तथा उत्तरपुस्तिका हेर्न पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजामा असन्तुष्ट विद्यार्थीका लागि पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणको व्यवस्था गरिएको जनाएको छ ।

पुनर्योगका लागि इच्छुक परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ । बोर्डका अनुसार विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउनसमेत सक्नेछन् ।

त्यस्तै, अनुत्तीर्ण विद्यार्थीका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने भएको छ । ननग्रेडेड (NG) प्राप्त सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस वर्षको SEE परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन् ।

यसपटक SEE परीक्षाका लागि दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए ।

नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले ३.६० देखि ४.०० GPA ल्याएका छन् भने ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० GPA प्राप्त गरेका छन् ।

त्यस्तै, ९४ हजार २२२ जनाले २.८० देखि ३.२० GPA, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० GPA, पाँच हजार १९० जनाले २.०० देखि २.४० GPA तथा ७ जनाले १.६० देखि २.०० GPA प्राप्त गरेका छन् ।

बोर्डका अनुसार दुई विषयसम्म ननग्रेडेड प्राप्त गर्ने विद्यार्थीका लागि तत्काल ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिनेछ । दुईभन्दा बढी विषयमा ननग्रेडेड आउने विद्यार्थीले भने अर्को वर्ष नियमित परीक्षामा सहभागी हुनुपर्नेछ ।

यस वर्ष शिक्षा मन्त्रालयको निर्देशनअनुसार एक महिनाभित्र नतिजा सार्वजनिक गर्न बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराएको थियो । वैशाख ५ गतेसम्म देशभरबाट उत्तरपुस्तिका सङ्कलन गरी नतिजा अद्यावधिक तथा कम्प्युटरमा प्रविष्ट गर्ने काम सम्पन्न गरिएको बोर्डले जनाएको छ । गत वर्ष SEE को नतिजा असार १३ गते सार्वजनिक गरिएको थियो ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...