अर्घाखाँची बस दुर्घटना : २ जनाको मृत्यु, ३० जना घाइते
अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ स्थित कोलडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
पर्वतको मोदी गाउँपालिकाबाट सुपादेउराली दर्शनका लागि अर्घाखाँचीतर्फ आउँदै गरेको ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका घाइतेहरूको परिचय भने हालसम्म खुलाइएको छैन।
दुर्घटनाग्रस्त बस सडकबाट करिब १२० मिटर तल खसेको थियो। घाइते सबैको उद्धार गरी पाल्पाको प्रवास तथा अर्घाखाँची जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।...








