वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा राजस्थान ७ विकेटले विजयी

काठमाडौं । युवा ब्याटर वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्समाथि ७ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

मंगलबार भएको उच्च स्कोरको खेलमा लखनउले दिएको २२१ रनको विशाल लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा वैभव सूर्यवंशीले ३८ बलमा १० छक्कासहित ९३ रनको उत्कृष्ट योगदान दिए । उनलाई मध्यक्रमका ब्याटर ध्रुव जुरेलले साथ दिँदै ३८ बलमा ५३ रनमा अविजित रहे । यस्तै ओपनर यशस्वी जैसवालले २३ बलमा ४३ रन बनाए ।

बलिङतर्फ लखनउका मोहसिन खान र आकाश सिंहले १–१ विकेट लिए पनि महँगो साबित भए । आकाश सिंहले ३ ओभरमा ५४ रन खर्चिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ५ विकेट गुमाउँदै २२० रनको बलियो योगफल खडा गरेको थियो ।

लखनउका लागि मिचेल मार्शले ५७ बलमा ९६ रनको उत्कृष्ट इनिङ खेले पनि शतक पूरा गर्न ४ रनले चुके । त्यस्तै जोस इङ्लिसले २९ बलमा ६० रन र ऋषभ पन्तले २३ बलमा ३५ रन जोडे ।

राजस्थानका बलर यश पञ्जाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए भने जोफ्रा आर्चरले १ विकेट हात पारे ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...