लक्ष्यअनुसार अघि बढेन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
स्थापनाको १० वर्षको बीचमा देशभर कृषिको १५ हजार पकेट क्षेत्र, २१ वटा सुपरजोन, ३ सय वटा जोन र १ हजार ५ सय कृषि ब्लक स्थापना गरिने कार्ययोजना थियो । चितवन । नेपालमा कृषि क्षेत्र कमजोर हुँदै जाँदा कृषि आधारित अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थापना गरिएको थियो ।
२० वर्षसम्म नेपालको कृषि क्षेत्रलाई मार्गनिर्देश गर्नका लागि १० वर्षे परियोजना आर्थिक वर्ष २०७३/२०७४ देखि सुरु गरिएको थियो । स्थापनाको १० वर्षको अवधिमा देशभर १५ हजार पकेट क्षेत्र, २१ वटा सुपरजोन, ३ सय जोन र १ हजार ५ सय कृषि ब्लक स्थापना गर्ने कार्ययोजना थियो ।
सोहीअनुसार ७७ वटै जिल्लामा लागू गरिएको यस परियोजनाका लागि कूल १ खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, योजना लक्ष्यअनुसार अघि बढ्न नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
कार्यालयले जेठ १ गते रा...













