सदनबाट निस्किएर हर्क साम्पाङले भने– ‘हाम्रो विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको स्पष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरिएको विरोधलाई निरन्तरता दिने उनले बताएका छन् ।

आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी दिएका थिए । तर सदनबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध जारी रहने बताएका हुन् ।

उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’

आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न उठाए पनि मन्त्रीहरूले जवाफ नदिएको उनले बताए ।

‘हामीले उत्तर पाएका छैनौँ । मन्त्रीहरू आउनुहुन्न । दबाबपछि आज २–४ जना मन्त्री आउनुभयो, तर हामीले प्रश्न गर्न पाएनौँ,’ साम्पाङले भने ।

सभामुखले प्रश्न गर्न नपाउने भनेर रुलिङ गरेपछि आफूहरूले विरोध गरेको उनको भनाइ छ ।

यसरी निरन्तर विरोध गर्दा निलम्बन हुन सक्ने प्रश्नमा उनले भने, ‘ठिक छ, हामी तयार छौँ । जनताको लागि, संसदका लागि, व्यवस्थाका लागि निलम्बन भोग्न पनि तयार छौँ ।’

सभामुख सबै दलको साझा अभिभावक हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘सभामुख सबैको साझा हुनुपर्छ । उहाँ कुनै दलबाट आए पनि भूमिका साझा हुनुपर्छ । हामीलाई बोल्न नै नदिने अवस्था स्वीकार्य हुँदैन ।’

आफूहरूले संसदमा कुनै अमर्यादित व्यवहार नगरेको पनि उनले दाबी गरे ।

‘हामीले तोडफोड गर्‍यौँ कि, अपशब्द बोल्यौँ कि ? हामीले केवल पर्चा देखाएर आफ्ना माग राखेका हौँ । पर्चा देखाउन पाइँदैन भनेर कहाँ लेखिएको छ ? नियमावलीमा देखाइदिनुहोस्,’ साम्पाङले प्रश्न गरे ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...