लक्ष्यअनुसार अघि बढेन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

स्थापनाको १० वर्षको बीचमा देशभर कृषिको १५ हजार पकेट क्षेत्र, २१ वटा सुपरजोन, ३ सय वटा जोन र १ हजार ५ सय कृषि ब्लक स्थापना गरिने कार्ययोजना थियो । चितवन । नेपालमा कृषि क्षेत्र कमजोर हुँदै जाँदा कृषि आधारित अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थापना गरिएको थियो ।

२० वर्षसम्म नेपालको कृषि क्षेत्रलाई मार्गनिर्देश गर्नका लागि १० वर्षे परियोजना आर्थिक वर्ष २०७३/२०७४ देखि सुरु गरिएको थियो । स्थापनाको १० वर्षको अवधिमा देशभर १५ हजार पकेट क्षेत्र, २१ वटा सुपरजोन, ३ सय जोन र १ हजार ५ सय कृषि ब्लक स्थापना गर्ने कार्ययोजना थियो ।

सोहीअनुसार ७७ वटै जिल्लामा लागू गरिएको यस परियोजनाका लागि कूल १ खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, योजना लक्ष्यअनुसार अघि बढ्न नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

कार्यालयले जेठ १ गते राष्ट्रपतिसमक्ष पेश गरेको प्रतिवेदनअनुसार परियोजनाको अवधि सकिन बाँकी रहे पनि पकेट क्षेत्र र जोन स्थापनाको प्रगति न्यून रहेको छ ।

यसअनुसार १५ हजार पकेट क्षेत्र स्थापना हुनुपर्नेमा जम्मा ९ हजार १ सय ६२ मात्र स्थापना भएका छन् । त्यस्तै, ३ सय जोनमध्ये २०६ मात्र स्थापना गरिएको छ ।

परियोजनाले कृषिमा रोजगारी वृद्धि गर्ने लक्ष्य पनि राखेको थियो । तर, रोजगारीसमेत लक्ष्यअनुसार उपलब्ध हुन नसकेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

३ लाख ९ हजार जनाले पूर्ण रोजगारी पाउने लक्ष्य राखिएकोमा २ लाख २५ हजार जनाले मात्र पाएका छन् । त्यस्तै, आंशिक रोजगारीतर्फ ५१ लाख १४ हजारको लक्ष्य भए पनि २२ लाख ७६ हजार जनाले मात्र रोजगारी पाएका छन् ।

आयोजनाले लक्ष्यअनुसार काम गर्न नसकेको मात्र होइन, विनियोजित बजेटको पनि पूर्ण उपयोग गर्न सकेको छैन । ९ वर्षको अवधिमा ५६ अर्ब ५४ करोड ९८ लाख विनियोजित बजेटमध्ये २०८१/०८२ सम्म ३६ अर्ब ५० करोड ६२ लाख रुपैयाँ मात्र खर्च भएको महालेखाले जनाएको छ ।

शीतभण्डार निर्माण र सञ्चालनसम्बन्धी काम पनि परियोजनामा असफल देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा २ वर्षभित्र सक्ने गरी ११ वटा संस्थासँग शीतभण्डार निर्माणको सम्झौता गरिएको थियो । तीमध्ये ७ संस्थालाई १ अर्ब १४ करोड २४ लाख रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो ।

अनुदानअन्तर्गत १६ करोड ७८ लाख रुपैयाँ पेस्की दिइएकोमा काम नभएपछि ४ संस्थाको पेस्की जमानत जफत गरिएको छ । तर, ३ वटा शीतभण्डारबाट अझै पनि पेस्की रकम फिर्ता हुन सकेको छैन ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...