प्रधानन्यायाधीश नियुक्ति विवादपछि न्यायालयभित्र बढ्यो तनाव

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर न्यायालयभित्रको विवाद थप चर्किएको देखिएको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पछिल्ला दिनमा नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विभिन्न गतिविधिमा सक्रिय बनेपछि न्यायालयभित्र तनावको अवस्था सिर्जना भएको चर्चा भइरहेको छ।

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा को नियुक्ति प्रक्रिया रोक्न माग गरिएको निवेदन दर्ता गर्न उनले सर्वोच्च प्रशासनलाई आदेश दिएको विषयले समेत चर्चा पाएको छ। तर उक्त आदेश कार्यान्वयनमा नआएपछि त्यसले कानुनी र प्रशासनिक दुवै वृत्तमा प्रश्न उठाएको बताइन्छ।

यसअघि कानुन दिवसको कार्यक्रममा पनि न्यायाधीश मल्लले सार्वजनिक रूपमा नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। न्यायालयभित्रैबाट नियुक्ति प्रक्रिया रोक्ने प्रयास भएको चर्चा भए पनि संवैधानिक परिषद्को सिफारिस र राजनीतिक सहमतिका आधारमा प्रक्रिया अगाडि बढेको देखिन्छ।

स्रोतहरूका अनुसार न्यायाधीश मल्लले आफू अनुकूल वातावरण नबनेपछि असन्तुष्टि झन् बढाएको चर्चा छ। उनले केही समयको बिदा लिएर सर्वोच्चबाट बाहिरिएको र नयाँ प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत सहभागी नभएको विषयलाई लिएर पनि विभिन्न टिप्पणी भइरहेका छन्।

न्यायालयभित्रको पछिल्लो घटनाक्रमले न्यायाधीशहरूको आचरण, निष्पक्षता र संस्थागत मर्यादामाथि बहस सुरु भएको छ। कानुन व्यवसायी तथा न्याय क्षेत्रका जानकारहरूले व्यक्तिगत असन्तुष्टिभन्दा संस्थागत स्थायित्व र न्यायालयको गरिमा महत्वपूर्ण हुने बताएका छन्।

उता, सर्वोच्च अदालतभित्र गुटबन्दी र शक्ति संघर्षको अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवाज पनि उठ्न थालेको छ। न्यायालय जनताको अन्तिम आस्थाको केन्द्र भएकाले व्यक्तिगत विवादभन्दा न्याय सम्पादनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...