बेमौसमी वर्षाले चितवनमा घट्यो मह उत्पादन

चितवन– यस वर्ष चितवनमा मह उत्पादनमा उल्लेखनीय कमी आएको छ। गत वर्षको तुलनामा यस पटक करिब १६ दशमलव ६६ प्रतिशतले उत्पादन घटेको मौरीपालन विकास केन्द्रले जनाएको छ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार गत वर्ष जिल्लामा ५४० मेट्रिक टन मह उत्पादन भएकोमा यस वर्ष घटेर ४५० मेट्रिक टनमा सीमित भएको छ।

जिल्लामा हाल १७ हजार ५०० घार मेलीफेरा मौरी पालन भइरहेको छ। तर बेमौसमी वर्षाका कारण तोरी र चिउरी फूलमा असर पर्दा मह उत्पादन घटेको बताइएको छ। किसानहरूले अघिल्ला वर्षहरूमा तोरीबाट तीन पटकसम्म मह काट्ने गरे पनि यस वर्ष बढीमा दुई पटक मात्रै मह निकाल्न सकेका छन्।

यस्तै चिउरीबाट पाँच पटकसम्म मह संकलन हुने गरेकामा यस पटक तीन पटक मात्र मह काटिएको जनाइएको छ। घारको सङ्ख्या बढ्दै गए पनि उत्पादन भने घट्दै गएको केन्द्रको भनाइ छ।

केन्द्रका अनुसार गत वर्ष ७० प्रतिशत मौरीपालक किसानले वर्षमा छ पटकसम्म मह संकलन गरेका थिए। तर यस वर्ष लगातारको बेमौसमी वर्षाका कारण केवल ३० प्रतिशत किसानले मात्रै छ पटक मह निकाल्न सफल भएका छन्।

चितवनमा हाल करिब ४५० व्यावसायिक मौरीपालक किसान सक्रिय रहेका छन्। जिल्लामा उत्पादन हुने कुल महमध्ये करिब ८० प्रतिशत चिउरी र तोरीबाट उत्पादन हुने गरेको छ भने बाँकी २० प्रतिशत रुदिलो, फापर, पड्के र लिचीजस्ता वनस्पतिबाट उत्पादन हुँदै आएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...