सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ प्रणाली लागू हुँदै

काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छुट्ने लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको सामान सुरक्षित राख्न ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। यात्रुका झोला हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन यो व्यवस्था लागू गर्न लागिएको हो।

यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच औपचारिक सहमति भएको छ। सहमतिपत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारी र महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरूको सामानमा विशेष ट्याग लगाइनेछ। यात्रुलाई दिइएको ट्याग नम्बर र बसमा राखिएको सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ।

यसले यात्रुहरूको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दै गएको सामान चोरी, हराउने तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक भएको बताए।

उनले भने, “यो प्रणाली लागू भएपछि यात्रुहरूको सामान हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ। यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो। प्रारम्भिक चरणमा जेठ १५ गतेदेखि लामो दूरीका सवारीमा यो व्यवस्था लागू हुनेछ।”

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै अब सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली लागू गर्न लागिएको बताए। उनका अनुसार लामो समयदेखि यात्रुहरूको सामान सुरक्षित राख्ने विषय चुनौतीपूर्ण बन्दै आएको थियो।

उनले भने, “अब जहाजमा जस्तै बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ। यसले यात्रुहरूको सामान साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या अन्त्य गर्नेछ। यात्रुहरूले ढुक्क भएर यात्रा गर्ने वातावरण बन्नेछ।”

यातायात व्यवसायीहरूका अनुसार विशेषगरी चाडपर्व, भीडभाड हुने समय तथा रात्रीकालीन यात्रामा यात्रुहरूको सामान हराउने सम्बन्धी धेरै गुनासा आउने गरेका छन्। सुरक्षा निकायले सार्वजनिक सवारीमार्फत चोरी तथा अवैध सामान ओसारपसार हुने घटनाप्रति पनि चिन्ता व्यक्त गर्दै आएका छन्। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो प्रणाली अन्तर्गत बस काउन्टरबाट यात्रुको सामानमा कोड वा नम्बर सहितको ट्याग टाँसिनेछ भने सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेपछि ट्याग मिलाएर मात्रै सामान बुझाइने व्यवस्था गरिनेछ।

ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ। आवश्यक परे क्यूआर कोड तथा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने जनाइएको छ।

यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि “सडक तथा सवारी लक्षित मनसुन विपद् न्यूनीकरण अभियान–२०८३” सुरु गरेको जनाएको छ। वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा यातायात अवरोधलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो।

ट्राफिक प्रहरीले मनसुन अवधिभर सवारीसाधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको अनुगमन तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ।

सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासका रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा अझ व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...