टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको पहिलो चरण सम्पन्न
टोखा बक्सिङ क्लब द्वारा आयोजित U-15 तथा U-17 स्तरको बक्सिङ प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्राविधिक समितिका अनुसार पहिलो दिन कुल १५ वटा बाउट सम्पन्न भएका छन् भने भोलि १४ वटा फाइनल खेल सञ्चालन हुने जानकारी दिइएको छ। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बक्सिङ खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता टेक बहादुर थापाले गर्नुभएको थियो भने उद्घोषकको भूमिकामा विकास सिलवाल रहनुभएको थियो। कार्यक्रममा उपस्थिति को रुपमा वडा ८ को अध्यक्ष रमेश खत्री...









