टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको पहिलो चरण सम्पन्न

टोखा बक्सिङ क्लब द्वारा आयोजित U-15 तथा U-17 स्तरको बक्सिङ प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो।

प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्राविधिक समितिका अनुसार पहिलो दिन कुल १५ वटा बाउट सम्पन्न भएका छन् भने भोलि १४ वटा फाइनल खेल सञ्चालन हुने जानकारी दिइएको छ। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बक्सिङ खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता टेक बहादुर थापाले गर्नुभएको थियो भने उद्घोषकको भूमिकामा विकास सिलवाल रहनुभएको थियो। कार्यक्रममा उपस्थिति को रुपमा वडा ८ को अध्यक्ष रमेश खत्री को विशेष उपस्थिति रहेको थियो। साथै नेपाल बक्सिङ महासंघ, पूर्व बक्सिङ खेलाडी, प्रशिक्षक तथा टोखा नगरपालिका वडा नं. ८ का सदस्य अनुप राईल गायत रेफ्री, प्रशिक्षक, खेलप्रेमी तथा विभिन्न स्थानबाट आएका दर्शक महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग टोखा नगरपालिका वडा नं. ८ को बजेटमार्फत उपलब्ध गराइएको आयोजकले जनाएको छ। स्थानीय तहको सहयोगमा आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा समाजमा खेल संस्कृतिको विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भोलि सम्पन्न हुने छ र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम रहेको छ।

 

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...