नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन सरकारको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाबाट मात्रै सेवा लिन आग्रह गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण सम्पन्न गरेका शैक्षिक परामर्शदाता संस्थाहरूको नामावली सार्वजनिक गर्दै स्वीकृतिप्राप्त संस्थाबाट मात्रै परामर्श लिन अनुरोध गरेको हो ।

मन्त्रालयका सचिव चूडामणि पौडेलको जेठ ६ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सूचीमा एक हजार ४५९ वटा संस्थाहरू समावेश छन् । उक्त सूची मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ ।

सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ अनुसार अनुमति नलिई सञ्चालन भएका तथा विद्यार्थीलाई झुट्टा आश्वासन र कागजात प्रयोग गरी आर्थिक ठगी गर्ने संस्थामाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।

यसैक्रममा, जेठ १ गते काठमाडौं उपत्यकाका अवैध तथा शंकास्पद शैक्षिक परामर्श संस्थाहरूमा गरिएको छापामार कारबाहीपछि पक्राउ परेकामध्ये ३२ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

विदेश अध्ययनका नाममा झुट्टा विवरण पेश गर्ने, सरकारी निकायका छाप तथा लेटरप्याड दुरुपयोग गर्ने र बिना दर्ता सञ्चालन भएका संस्थामाथि कडा कानुनी कारबाही अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षा मन्त्रालय र नेपाल प्रहरीको संयुक्त सहकार्यमा देशभर अनुगमन तथा शुद्धीकरण अभियान सञ्चालन गरिने पनि बताइएको छ ।

यता, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शुद्धीकरण अभियानमा आफ्नो समर्थन रहने जनाउँदै इमानदार व्यवसायीलाई अनावश्यक रूपमा त्रसित नबनाउन सरकारसँग आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...