३० देशका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट, सन्तुलित विदेश नीति र आर्थिक सहकार्यमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालले सन्तुलित, व्यावहारिक र राष्ट्रिय हितअनुकूल विदेश नीतिलाई निरन्तरता दिने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटवार्ताका क्रममा उनले काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) र सदस्य राष्ट्रका राजदूतहरूसहित ३० देशका कूटनीतिक प्रतिनिधिलाई यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री शाहले नेपालका छिमेकी मुलुक, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा अघि बढिरहेको स्पष्ट पारे । उनले नेपालको विकास, समृद्धि र स्थायित्वका लागि सहयोग पुर्‍याउँदै आएका सबै मित्र राष्ट्रप्रति आभारसमेत व्यक्त गरे ।

उनले व्यापार, लगानी, हरित ऊर्जा, पर्यटन, जलवायु परिवर्तन तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने सरकारको नीति रहेको बताए । नेपाल विदेशी लगानीमैत्री वातावरण निर्माण गर्दै आर्थिक अवसर विस्तार गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति स्थापना संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनमार्फत हुनुपर्नेमा जोड दिए । युद्ध र हिंसाबाट सर्वसाधारण नागरिक सबैभन्दा बढी प्रभावित हुने भएकाले विश्व समुदायले शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन, पारदर्शिता र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरेका थिए । नयाँ सरकार गठन भए पनि नेपालको नीतिगत निरन्तरता, लोकतान्त्रिक मूल्य र राजनीतिक स्थिरताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री शाहले जनताको जीवनस्तर सुधार, रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन तथा दिगो विकास सरकारको मुख्य प्राथमिकता रहेको बताए । प्रक्रियागत सुधारमार्फत लगानी आकर्षित गर्न र नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग थप जोड्न सरकार सक्रिय रहेको उनको भनाइ थियो ।

भेटमा सहभागी युरोपेली संघ तथा विभिन्न मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका थिए । साथै, उनीहरूले सुशासन र आर्थिक समृद्धिको एजेन्डासहित नयाँ सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपालसँग सहकार्य र लगानी विस्तार गर्न इच्छुक रहेको बताएका थिए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...