३० देशका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट, सन्तुलित विदेश नीति र आर्थिक सहकार्यमा जोड
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालले सन्तुलित, व्यावहारिक र राष्ट्रिय हितअनुकूल विदेश नीतिलाई निरन्तरता दिने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटवार्ताका क्रममा उनले काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) र सदस्य राष्ट्रका राजदूतहरूसहित ३० देशका कूटनीतिक प्रतिनिधिलाई यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री शाहले नेपालका छिमेकी मुलुक, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा अघि बढिरहेको स्पष्ट पारे । उनले नेपालको विकास, समृद्धि र स्थायित्वका लागि सहयोग पुर्याउँदै आएका सबै मित्र राष्ट्रप्रति आभारसमेत व्यक्त गरे ।
उनले व्यापार, लगानी, हरित ऊर्जा, पर्यटन, जलवायु परिवर्तन तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप विस्...














