भारत भ्रमणपछि चीन जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन्।

नयाँ सरकार गठनपछि कूटनीतिक सक्रियता बढाइरहेका मन्त्री खनाल जुन १४ (जेठ ३१ गते) मा बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार जुन १५ र १६ (असार १ र २ गते) मा चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता तय गरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उक्त भेटमा नेपाल–चीन सम्बन्ध, सीमा व्यवस्थापन, आर्थिक सहकार्य तथा विगतका सम्झौताहरूको कार्यान्वयनबारे छलफल हुने बताइएको छ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागका प्रमुखसँग पनि उनको भेटवार्ता तय भएको छ। भ्रमणका क्रममा चीनमा रहेका नेपाली व्यवसायी, विद्यार्थी तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ।

परराष्ट्रमन्त्री खनाल जुन १७ (असार ३ गते) मा स्वदेश फर्किने कार्यतालिका छ।

यसअघि काठमाडौँमा सम्पन्न नेपाल–चीन सहजीकरण संयन्त्रको तेस्रो बैठकमा नेपालमा सञ्चालित चिनियाँ लगानीका परियोजनाबारे समीक्षा गरिएको थियो। मन्त्री खनालको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना, पूर्वाधार विकास तथा दुई देशबीचको कनेक्टिभिटी विस्तारका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणलगत्तै हुन लागेको यो चीन भ्रमणलाई नेपालको सन्तुलित, सक्रिय र बहुआयामिक परराष्ट्र नीतिको निरन्तरताका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...