रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेतृत्व अनुपस्थित रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेतृत्व सहभागी नहुने भएका छन्।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यसहित बोलाइएको उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो। तर कांग्रेस र एमालेका शीर्ष नेताहरू भने बैठकमा उपस्थित नहुने जनाइएको छ।

नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुने कांग्रेस प्रमुख सचेतक बासना थापा ले जानकारी दिएकी छन्।

त्यस्तै, नेकपा (एमाले) का तर्फबाट प्रमुख सचेतक ऐन महस बैठकमा सहभागी हुने तय भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हल मा बिहान ९ बजे बस्ने बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक राजनीतिक अवस्था, संसद्को गतिविधि तथा राष्ट्रिय सरोकारका विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको हो।

छुटाउनुभयो कि ?

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीच भएको वार्षिक सम्झौताअनुसार सञ्चालन भइरहेको जनचेतनामूल...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...
अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको ज...