मदन भण्डारी हिरक जयन्तीको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीको आयोजनामा मदन भण्डारीको हिरक जयन्तीको अवसर पारेर आयोजित वृहत् रक्तदान कार्यक्रम टोखा नगरपालिका–७ मा सफलतापूर्वक सम्पन्न भएको छ।

रक्तदान गरौँ, जीवनदान दिऔँ” भन्ने मानवीय सन्देशलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीका अध्यक्ष गोपी पाठक, टोखा नगरपालिका–७ का वडा अध्यक्ष, टोखा नगरपालिका–८ का वडा अध्यक्ष रमेश खत्री, वडा ८ सदस्य अनुप राई, विजय बानियाँ लगायत पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै आवश्यक परेको बेला रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी रक्तदाताहरूले “रक्तदान गरौँ, जीवनदान दिऔँ” भन्ने भावनाका साथ आफूहरूले रक्तदान गरेको बताउँदै, आफ्नो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्ने भएकाले सबै सक्षम नागरिकलाई नियमित रूपमा रक्तदान अभियानमा सहभागी हुन आग्रह गरेका थिए।

आयोजक टोखा नगर कमिटीले मदन भण्डारीको सामाजिक रूपान्तरण र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। रक्तदान कार्यक्रमले मानवीय सेवा, सामाजिक एकता र सहकार्यको भावनालाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको थियो।

छुटाउनुभयो कि ?

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीच भएको वार्षिक सम्झौताअनुसार सञ्चालन भइरहेको जनचेतनामूल...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...
अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको ज...