सिक्किममा जगद्गुरु शिवशक्ति बाबा र पत्रकार कुमार भट्टराई भव्य सम्मानित

सिक्किम — सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सिङ्ताम बजारस्थित प्रणामी मन्दिरमा आयोजित जगद्गुरु शिवशक्ति बाबाको दुईदिने आध्यात्मिक तथा सेवा शिविर सम्पन्न भएको छ।

आयोजकका अनुसार शिविरमा सिक्किमका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्व (VIP) तथा सिक्किम प्रहरी समेत शिविरमा सहभागी भई सेवा लिएका थिए। सहभागीहरूले शिविरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

शिविरको सफल आयोजनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूले जगद्गुरु शिवशक्ति बाबालाई प्रशंसापत्रसहित भव्य सम्मान प्रदान गरेका छन्।

यसै अवसरमा शिविरका गतिविधि तथा समाचारलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याएको योगदानको कदरस्वरूप एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराईलाई पनि अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूद्वारा विशेष सम्मान गरिएको छ।

यसैबीच, शिवशक्ति बाबा नेपाल फर्किएपछि पनि पत्रकार कुमार भट्टराईलाई सिक्किमका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिहरूको अवलोकन र समाचार संकलनका लागि सिक्किम सरकारबाट थप दुई दिनको परमिट प्रदान गरिएको जनाइएको छ।

धार्मिक आस्था, आध्यात्मिक सेवा, सांस्कृतिक आदान–प्रदान र आपसी सद्भावको सन्देश बोकेको उक्त कार्यक्रमले सिक्किमका श्रद्धालुहरूबीच विशेष उत्साह र सकारात्मक वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीच भएको वार्षिक सम्झौताअनुसार सञ्चालन भइरहेको जनचेतनामूल...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...
अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको ज...