अब गृह मन्त्रालयसँग सिधै सम्पर्क गर्न सकिने, ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
काठमाडौं, १४ असार — गृह मन्त्रालयले नागरिकका गुनासा, सुझाव तथा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्ने उद्देश्यले ‘हेलो गृह कल सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। गृह प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अब नागरिकले आफ्ना गुनासा, सुझाव वा आवश्यक जानकारी विभिन्न माध्यमबाट सिधै गृह मन्त्रालयसम्म पुर्याउन सक्नेछन्। यसका लागि टोल–फ्री नम्बर १११२ उपलब्ध गराइएको छ, जहाँ कुनै शुल्क नलाग्ने गरी फोन गरेर आफ्ना समस्या वा जिज्ञासा राख्न सकिनेछ।
त्यसैगरी, डिजिटल माध्यम प्रयोग गर्न चाहने नागरिकले gunaso@moha.gov.np इमेलमार्फत पनि गुनासा, सुझाव वा प्रतिक्रिया पठाउन सक्नेछन्।
यस्तै, मन्त्रालयले मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ समेत सञ्चालनमा ल्याएको छ। उक्त नम्बरमार्फत नागरिकले आवश्यक जानकारी लिनुका...











