अब गृह मन्त्रालयसँग सिधै सम्पर्क गर्न सकिने, ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

काठमाडौं, १४ असार — गृह मन्त्रालयले नागरिकका गुनासा, सुझाव तथा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्ने उद्देश्यले ‘हेलो गृह कल सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। गृह प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अब नागरिकले आफ्ना गुनासा, सुझाव वा आवश्यक जानकारी विभिन्न माध्यमबाट सिधै गृह मन्त्रालयसम्म पुर्‍याउन सक्नेछन्। यसका लागि टोल–फ्री नम्बर १११२ उपलब्ध गराइएको छ, जहाँ कुनै शुल्क नलाग्ने गरी फोन गरेर आफ्ना समस्या वा जिज्ञासा राख्न सकिनेछ।

त्यसैगरी, डिजिटल माध्यम प्रयोग गर्न चाहने नागरिकले gunaso@moha.gov.np इमेलमार्फत पनि गुनासा, सुझाव वा प्रतिक्रिया पठाउन सक्नेछन्।

यस्तै, मन्त्रालयले मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ समेत सञ्चालनमा ल्याएको छ। उक्त नम्बरमार्फत नागरिकले आवश्यक जानकारी लिनुका साथै आफ्ना गुनासा, सुझाव र प्रतिक्रिया पनि पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले नागरिक र सरकारबीचको सम्पर्कलाई अझ प्रभावकारी, सहज र छिटोछरितो बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...