कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ। शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बसमा चालकसहित ४६ जना सवार थिए।

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरीसिंह महरा, बैतडीको सिवास गाउँपालिका–६ निवासी २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५ निवासी ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ निवासी २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ निवासी ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा निवासी २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–५ निवासी २३ वर्षीय विनोद सत्कुली, बैतडीको पुरचौडी नगरपालिका–८ निवासी १५ वर्षीय लोचन विष्ट र उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट घाइते भएका छन्।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१८ निवासी ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका–६ निवासी २४ वर्षीय अखिलकुमार ठडिया, चितवनको भरतपुर महानगरपालिका–२६ निवासी ६५ वर्षीय भद्रकृष्ण मिश्र, धनगढी उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय गोपाल पौडेल, डडेलधुराको गाउँपालिका–१ निवासी ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका–४ निवासी ३३ वर्षीय प्रभानन्द ठकुन्ना, धनगढी उपमहानगरपालिका–१८ निवासी २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका–९ निवासी ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका–५ निवासी २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ निवासी ४० वर्षीया पार्वती बोहोरा पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

दुर्घटनापछि बसमा रहेका बाँकी २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। क्रेनको सहायताले दुर्घटनाग्रस्त बस हटाएपछि हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन पुनः सुचारु भएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...