Day: June 30, 2026

वर्षायामका लागि नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण र जनशक्ति तयारी अवस्थामा

वर्षायामका लागि नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण र जनशक्ति तयारी अवस्थामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय, भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक मेसिन तथा प्राविधिक जनशक्ति परिचालनको व्यवस्था गरेको जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानमा पहिरो खसेर सडक अवरुद्ध भए तत्काल हटाउन उपकरण तयारी अवस्थामा राखिएको हो। उनका अनुसार: मुग्लिन क्याम्पमा १ वटा लोडर, सेती दोभान क्याम्पमा १ वटा एक्स्काभेटर, १ वटा लोडर र १ वटा ब्याकहो लोडर, सडक डिभिजन कार्यालय, भरतपुरमा १ वटा ब्याकहो लोडर, तथा कालीगण्डकी करिडोरमा १ वटा लोडर तयारी अवस्थामा राखिएको छ। सडक अवरुद्ध भएमा तत्काल पह...
ओलीको आरोप: तोडफोड, हिंसा र लुटपाटलाई वैधानिकता दिँदा देश बर्बादीतर्फ धकेलियो

ओलीको आरोप: तोडफोड, हिंसा र लुटपाटलाई वैधानिकता दिँदा देश बर्बादीतर्फ धकेलियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाउँदै त्यसले देश बर्बादीतर्फ धकेलिएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश कमजोर बन्दै गएपछि खेलकुदसहित कुनै पनि क्षेत्रले अपेक्षित गति लिन नसकेको बताए। उनले खेलाडीमा देशभक्तिको भावना अपरिहार्य रहेको उल्लेख गर्दै देश समृद्ध नभएसम्म कुनै पनि क्षेत्रले दीर्घकालीन सफलता हासिल गर्न नसक्ने धारणा राखे। ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ र आर्थिक चुनौतीबीच पनि देशलाई उकास्ने प्रयास गरेको दाबी गरे। शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सुधारका पहल गरिएको उनको भनाइ थियो। उनले वर्तमान सरकारले मुलुकलाई गलत दिशातर्फ लगेको आरोप लगाउँदै संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न...
बालेन सरकारको ३ महिना: सुशासनको प्रतिबद्धता, उपलब्धिभन्दा विवाद बढी

बालेन सरकारको ३ महिना: सुशासनको प्रतिबद्धता, उपलब्धिभन्दा विवाद बढी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले तीन महिना पूरा गरेको छ। प्रतिनिधिसभा निर्वाचनपछि स्पष्ट बहुमतसहित बनेको सरकारले सुशासन, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै शासन सञ्चालन सुरु गरेको थियो। सरकारले चुनावअघि सार्वजनिक गरेको घोषणापत्र र सरकार गठनपछि ल्याएको १०० बुँदे कार्ययोजना मार्फत सरकारी सेवा अनलाइन बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, राजनीतिक हस्तक्षेप घटाउने तथा सार्वजनिक प्रशासनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको थियो। प्रारम्भिक सुधार, तर कार्यान्वयनमा चुनौती तीन महिनामा सरकारले प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, सार्वजनिक सेवा सरलीकरण र भ्रष्टाचारविरुद्ध केही कदम चालेको दाबी गरेको छ। उच्च पदाधिकारीको सम्पत्ति छानबिन, केही प्रशासनिक निर्णय र डिजिटल सेवाको विस्तारलाई सकारात...
जर्मन कम्पनीमार्फत राहदानी छपाइ प्रक्रिया अघि बढ्यो, परराष्ट्रमन्त्री खनालको पहलपछि अन्योल अन्त्यतर्फ

जर्मन कम्पनीमार्फत राहदानी छपाइ प्रक्रिया अघि बढ्यो, परराष्ट्रमन्त्री खनालको पहलपछि अन्योल अन्त्यतर्फ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । राहदानी विभागसँग हाल करिब ५५ हजार थान राहदानी मौज्दात रहेको छ। दैनिक औसत ३ हजार राहदानी जारी भइरहेकाले हालको मौज्दातले असार मसान्तसम्म मात्र धान्ने अनुमान गरिएको छ। यसअघि जर्मन कम्पनीमार्फत नयाँ ई–पासपोर्ट प्रणाली लागू गर्ने प्रक्रिया अघि बढिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट ठेक्का प्रक्रिया पुनर्विचार गर्न दबाब आएपछि केही समय अन्योल सिर्जना भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशकसहित १६ जना र दुई ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रक्रिया झन् जटिल बनेको थियो। तर, परराष्ट्रमन्त्री शिशिर खनालसँग विभागका अधिकारीहरूको छलफलपछि जर्मन कम्पनीमार्फत अघि बढिरहेको ठेक्का प्रक्रिया निरन्तरता दिने तयारी भएको स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार प्रणाली जडा...
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ। शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरीसिंह महरा, बैतडीको सिवास गाउँपालिका–६ निवासी २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५ निवासी ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ निवासी २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ निवासी ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा निवासी २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–...