ओलीको आरोप: तोडफोड, हिंसा र लुटपाटलाई वैधानिकता दिँदा देश बर्बादीतर्फ धकेलियो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाउँदै त्यसले देश बर्बादीतर्फ धकेलिएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश कमजोर बन्दै गएपछि खेलकुदसहित कुनै पनि क्षेत्रले अपेक्षित गति लिन नसकेको बताए।

उनले खेलाडीमा देशभक्तिको भावना अपरिहार्य रहेको उल्लेख गर्दै देश समृद्ध नभएसम्म कुनै पनि क्षेत्रले दीर्घकालीन सफलता हासिल गर्न नसक्ने धारणा राखे।

ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ र आर्थिक चुनौतीबीच पनि देशलाई उकास्ने प्रयास गरेको दाबी गरे। शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सुधारका पहल गरिएको उनको भनाइ थियो।

उनले वर्तमान सरकारले मुलुकलाई गलत दिशातर्फ लगेको आरोप लगाउँदै संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि तोडफोड, हिंसा, आगजनी र लुटपाटको माध्यमबाट सरकार ढाल्ने प्रयास भएको दाबी गरे। यस्ता गतिविधिलाई वैधानिकता दिइनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

अध्यक्ष ओलीले एमालेले पुनः शान्तिपूर्ण, भयमुक्त र सबै नागरिकले समान रूपमा न्याय पाउने नेपाल निर्माणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रत्येक नागरिकमा देशभक्तिको भावना हुनुपर्नेमा उनले जोड दिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...