जर्मन कम्पनीमार्फत राहदानी छपाइ प्रक्रिया अघि बढ्यो, परराष्ट्रमन्त्री खनालको पहलपछि अन्योल अन्त्यतर्फ

काठमाडौं । राहदानी विभागसँग हाल करिब ५५ हजार थान राहदानी मौज्दात रहेको छ। दैनिक औसत ३ हजार राहदानी जारी भइरहेकाले हालको मौज्दातले असार मसान्तसम्म मात्र धान्ने अनुमान गरिएको छ।

यसअघि जर्मन कम्पनीमार्फत नयाँ ई–पासपोर्ट प्रणाली लागू गर्ने प्रक्रिया अघि बढिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट ठेक्का प्रक्रिया पुनर्विचार गर्न दबाब आएपछि केही समय अन्योल सिर्जना भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशकसहित १६ जना र दुई ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रक्रिया झन् जटिल बनेको थियो।

तर, परराष्ट्रमन्त्री शिशिर खनालसँग विभागका अधिकारीहरूको छलफलपछि जर्मन कम्पनीमार्फत अघि बढिरहेको ठेक्का प्रक्रिया निरन्तरता दिने तयारी भएको स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार प्रणाली जडान र आवश्यक प्राविधिक तयारी गरिरहेको छ। नागरिकले राहदानी अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले विभागले निर्धारित कार्यतालिकाअनुसार काम अघि बढाइरहेको उनले बताए।

गत वर्ष राहदानी विभागले ६४ लाख राहदानी खरिदका लागि दुई जर्मन सरकारी कम्पनीसँग सम्झौता गरेको थियो। म्युहलबाउर आईडी सर्भिसले प्रणाली विकास गर्ने तथा भेरिडोसले राहदानी छपाइ गर्ने जिम्मेवारी पाएका छन्।

जर्मन कम्पनीका प्राविधिकहरू हाल राहदानी विभागमा प्रणाली जडानको अन्तिम चरणमा छन् भने थप प्रतिनिधिहरू नेपाल आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कम्पनीले असार ३१ गते (जुलाई १५) देखि नयाँ प्रणालीमार्फत राहदानी छपाइ सुरु गर्न सकिने जानकारी यसअघि नै गराइसकेको छ।

भेरिडोसले विभागमा ५ लाख ५० हजार थान नयाँ राहदानी पुस्तिका समेत उपलब्ध गराइसकेको छ। साथै, पुरानो प्रणालीको अधिकांश डेटा नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्ने काम पनि सम्पन्न भइसकेको विभागले जनाएको छ।

यसैबीच, विशेष अदालतले राहदानी खरिद प्रकरणमा मुद्दा दायर गरिएका सबै प्रतिवादीलाई सोमबार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...