समाचार

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर  कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। १५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका छन्। खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि वञ्चित हुन नपर्ने मन्त्री खड्काले बताए। जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन्। राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका ...
इन्टर्नसिपका लागि रेडिकल एकेडेमीका ३५ विद्यार्थी भारत प्रस्थान

इन्टर्नसिपका लागि रेडिकल एकेडेमीका ३५ विद्यार्थी भारत प्रस्थान

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी  । धनगढीस्थित रेडिकल एकेडेमीले Hotel Management अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई ६ महिनाको अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि भारतको राजस्थान पठाएको छ। विद्यार्थीहरूले भारतका प्रतिष्ठित होटल तथा आतिथ्य व्यवस्थापन संस्थानहरूमा प्रत्यक्ष रुपमा व्यावसायिक तालिम लिनेछन्। विदेशी Exposure र व्यवहारिक दक्षताको उद्देश्यसहित विद्यार्थीहरूको विदाइका लागि विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले विद्यार्थीहरूलाई शुभकामना दिँदै इन्टर्नसिप यात्राको औपचारिक शुभारम्भ गरे। सो अवसरमा विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा शिक्षक-शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। इन्टर्नसिपमार्फत व्यवहारिक शिक्षाको बलियो आधार छ महिनासम्म भारतमा रहने विद्यार्थीहरूले फ्रन्ट अफिस व्यवस्थापन, हाउसकिपिङ, फूड एन्ड बेभरिज, किचन म्यानेजमेन्ट, ग्राहक से...
युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो

युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरिराख्न प्रोत्साहन मिलेको बताउनुभएको छ । रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताउनुभएको हो । अस्ति शनिवार रातिदेखि रुसले झन्डै चार सयवटा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जना नागरिकको ज्यान गएको छ । यो सन् २०२२ मा रुसले आक्रमण शुरु गरेयताको सबैभन्दा ठूलो हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमाथि अत्याचार गरिरहेको प्रतिक्रिया दिनुभएको छ । यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताउनुभएको छ । उहाँले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गर्न...
एशियामा तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ संक्रमण, भारतमा पनि देखियो, अवस्था चिन्ताजनक

एशियामा तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ संक्रमण, भारतमा पनि देखियो, अवस्था चिन्ताजनक

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वस्थ्य
काठमाडौँ । एशियामा तीव्र गतिमा कोरोना १९ का नयाँ संक्रमणहरु फैलिरहेका छन् । अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४ हजार २ सय नयाँ संक्रमित भेटिएका छन् । सिंगापुरमा अघिल्लो हप्तामा ११ हजार १ सय संक्रमित भेटिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल एलएफ.७ र एनबी १.८ (जेएन.१ का सब–भेरियन्टहरू) त्यहाँ फैलिरहेका प्रमुख भेरियन्ट हुन् । अहिलेसम्म गरिएका जीनोम सिक्वेन्सिङमध्ये दुई तिहाइ केस यी भेरियन्टहरूका छन् । जेएन. १ त्यही भेरियन्ट पनि हो जसको प्रयोग हालको कोभिड–१९ खोपको निर्माणमा गरिएको थियो । विशेषज्ञहरूका अनुसार यसको तीव्र फैलावट चिन्ताजनक छ । त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्लो सयम केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ । भारतमा पनि केही मानिसमा कोरानाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य विशेषज्ञहर...
प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ- उपकुलपति डा. जोशी

प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि आवश्यक गृहकार्य भैरहेको छ- उपकुलपति डा. जोशी

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारणका लागि गृहकार्य भैरहेको बताएका छन्। बुधबार कञ्चनपुरको बेलौरीमा भाषा आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति जोशीले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी मानक भाषाका लागि डोट्याली र थारू भाषाको सिफारिस गरिसकेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वयन भइनसकेको बताए। उनले सरोकारवाला सबै भाषाभाषिहरूसंग अन्तरक्रिया गरी मानक भाषाको निर्धारणका लागि कानून निर्माण गरिनु आवश्यक रहेको बताए। उपकुलपति जोशीले डोटेली भाषालाई खण्डीकृत गर्ने प्रयास गरिनु उपयुक्त नभएको बताउदै प्राचीन डोटी सभ्यताको भाषा नै डोटेली भाषा भएकोले अनावश्यक विवाद गर्न नहुने बताए। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट रहेका थ...
बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा। कर्णाली करिडोरमा जिप दुर्घटना भएको छ। शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको बताए। हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना भएको जिपमा सवार चालकसहित ६ जना घाइते भएका प्रहरीले बताएको छ। घाइते हुनेमा चालक अन्दाजी २० वर्षका सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी वर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ वर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ वर्षकी अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ वर्षका विज्ञान सार्की छन्। उनीहरुलको कोल्टी अस्पतालमा उपचार भइरहेको छ। जिप एक्कासि अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ।...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।
स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत व्यापक खर्च कटौतीको तयारी गरेको छ । राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा परेपछि सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने रणनीति लिएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितको हिसाबले सुविधाजनक अवस्था नरहेकाले बजेट निर्माण गर्दा मितव्ययीता र खर्च कटौतीलाई ध्यान दिने बताउनुभयो । आउँदो बजेटबारे विकास साझेदारसँग हिजो अर्थ मन्त्रालयमा छलफल गर्दै उहाँले सीमित स्रोतसाधनलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने धारणा व्यक्त गर्नुभयो । चालू आर्थिक वर्षमै लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा हिजोसम्म सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँ घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ । साउन १ गतेदेखि वैशाख ३० गतेसम्मको अवधिमा सरकारले ९ खर्ब ४२ अर्ब ८८ करोड ७ लाख रुपैयाँ आम्दा...
लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ परेका छन्। कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन्। ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।...
प्रि–मनसुनको बाढीले काभ्रेको पनौतीका बासिन्दा त्रासमा

प्रि–मनसुनको बाढीले काभ्रेको पनौतीका बासिन्दा त्रासमा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । काभ्रेको पनौतीमा हिजोको आरीघोप्टे वर्षा र त्यसपछिको बाढीले स्थानीयबासिन्दामा त्रास छाएको छ । बाढीले एक महिलालाई बगाएको छ भने खेतबारी, सडक, पुल र खानेपानीको पाइपमा क्षति पुगेको छ । हिजो दिउँसो कुलो तर्ने क्रममा पनौती नगरपालिका–५ की २८ वर्षीय रेनुका गिरीलाई बगाएको र उहाँको अवस्था थाहा हुन नसकेको पनौती नगरपालिकाकी उपमेयर गीता बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासी आएको बाढीले मकै र आलुबालीमा क्षति पुगेको छ । गएको असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका स्थानीयबासिन्दालाई मनसुन शुरू नहुँदैको बाढीले झस्काएको छ । पनौतीमा हिजो दिउँसो १ बजेदेखि ५ बजेसम्म आरीघोप्टे वर्षा भएको थियो । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । बाढीबाट भएको यकिन क्षतिको विवरण आज सङ्कलन हुने उपमेयर बन...