सिरहा कारागारमा पेस्तोल बरामद, १३ जना नियन्त्रणमा
सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले गरेको विशेष अनुगमनका क्रममा ‘नाइके’ इन्द्रजित यादवको साथबाट हतियार फेला परेको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्न खोजेको थियो। गोप्य सूचनाका आधारमा सोमबार कारागारभित्र खानतलासी गर्दा हतियार बरामद भएको हो।
घटनामा संलग्न नाइके यादवसहित १३ जनालाई कारागारबाट प्रहरीले झिकेर हिरासतमा राखेको छ। अधिकारीले भने, ‘उनीहरूलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।’
नाइके यादव पक्राउ भएपछि उनका समर्थकहरूले कारागारभित्र नाराबाजी, आगजनी र तोडफोडसमेत गरेका थिए। प्रशासनले सुरक्षा सतर्कता कडा पारेको छ। १५० जनाको क्षमताको कारागारमा हाल ४३७ जना कैदी...







