Day: March 26, 2026

धनगढीमा धार्मिक क्षेत्र संरक्षण र शान्ति–सुरक्षामा सक्रिय प्रमुख जिल्ला अधिकारी रेग्मी

धनगढीमा धार्मिक क्षेत्र संरक्षण र शान्ति–सुरक्षामा सक्रिय प्रमुख जिल्ला अधिकारी रेग्मी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढी क्षेत्रमा मठ–मन्दिरको संरक्षण तथा शान्ति–सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सक्रिय रूपमा खटिँदै आएका छन्। धार्मिक क्षेत्रप्रति संवेदनशीलता र जनताको सुरक्षामा देखिएको दृढताका कारण उहाँप्रति स्थानीय स्तरमा सकारात्मक धारणा विकसित हुँदै गएको छ। प्रमुख जिल्ला अधिकारी रेग्मीले लामो समयदेखि आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै आएका छन्। उहाँको कार्यशैलीमा स्पष्टता, अनुशासन र जनउत्तरदायित्व देखिने भएकाले छोटो समयमै सर्वसाधारणको विश्वास जित्न सफल भएको स्थानीयहरू बताउँछन्। यसैबीच, कुमार भट्टराई सँग भएको भेटघाटका क्रममा धार्मिक क्षेत्रको संरक्षण, शान्ति–सुरक्षा व्यवस्थापन तथा जनताले भोगिरहेका समस्याबारे विस्तृत छलफल भएको थियो। उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी रेग्मीले धर्मगुरुहरूको भूमिका, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा ...