आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन
आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार आज विधिपूर्वक उखेलिएको कुश वर्षभरि पूजा, धार्मिक अनुष्ठान तथा पितृकार्यमा प्रयोग गर्न सकिन्छ। कुशलाई पवित्र वनस्पतिका रूपमा सनातन धर्ममा विशेष महत्त्व दिइन्छ।
कुशेऔँसीलाई बुवाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बुवालाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्दै आशीर्वाद लिने गर्छन्। बुवा दिवङ्गत भइसकेकाहरूले भने उहाँको सम्झनामा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने परम्परा रहेको छ।
कुशेऔँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरलगायत विभिन्न तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ। विशेषगरी गोकर्णमा दिवङ्गत पितृको नाममा तर्पण तथा पिण्...







