Day: September 23, 2026

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै फर्किएको छ। आवश्यक कानुन र बजेटको अभाव देखाउँदै पाँच प्रदेशले लाइसेन्स छपाइको जिम्मेवारी लिन अस्वीकार गरेपछि यातायात व्यवस्था विभागले केन्द्रबाटै छपाइ सुरु गरेको हो। पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लाइसेन्स छपाइ तथा वितरणको अधिकार प्रदेश सरकारलाई दिने निर्णय गरेको थियो। तर, मधेश र लुम्बिनी प्रदेशले मात्र सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी लाइसेन्स छपाइको प्रक्रिया अघि बढाएका छन्। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आवश्यक कानुनी व्यवस्था तथा बजेटको अभाव देखाउँदै सम्झौता नगरेपछि ती प्रदेशका लागि लाइसेन्स छपाइ संघीय सरकारले नै गर्ने निर्णय भएको हो। प्रदेशबाट छपाइ प्रक्रिया अघि नबढ्दा करिब दुई महिनादेखि सेवाग्राही...