Day: October 9, 2026

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित को...