विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।
धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमितको संख्या घटेको छ । कैलालीमा २०७९÷८० को अवधिमा साउन दोश्रो साता सम्म ४ सय ५५ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा सो संख्या बढेर एक हजार एक पुगेको थियो ।
स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीका अनुसार चालु आर्थिक बर्षको साउन २० गते सम्म कैलालीमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा हाल सम्म ३ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको धामीले बताए । सरकारले यस बर्ष लार्भ खोज र नष्ट गर भन्ने अभियानलाईं प्रभावकारी बनाएका कारण डेंगु नियन्त्रणमा आएको हुन सक्ने धामीको आँकलन छ ।
‘विगतको भन्दा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमणमा नियन्त्रणमा देख्निछ’ धामीले भने, ‘सरकारलेनै डेंगु नियन्त्रणका लागि अभियान थालेका कारण केही नियन्त्रण भएको हुने सक्ने आ...















