Day: June 10, 2026

टोखा–११ स्थित माउन्ट रेडियन्ट हाई स्कुलमा दुर्व्यसनमुक्त सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न

टोखा–११ स्थित माउन्ट रेडियन्ट हाई स्कुलमा दुर्व्यसनमुक्त सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, स्वस्थ्य
टोखा नगरपालिका वडा नं. ११ स्थित माउन्ट रेडियन्ट हाई स्कुल मा आज दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ एक विशेष सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई मोटिभेसनल प्रशिक्षकका रूपमा सहभागी भई विद्यार्थीहरूलाई दुर्व्यसनका नकारात्मक असरबारे जानकारी गराएका थिए। उनले युवावस्थामा सही निर्णय, सकारात्मक सोच र असल संगतको महत्वबारे प्रेरणादायी प्रस्तुति दिएका थिए। कार्यक्रममा टोखा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्का, विद्यालयका शिक्षकहरू तथा एसपी सरलगायतको विशेष उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र दुर्व्यसनमुक्त जीवनशैली अपनाउन प्रेरित गरेका थिए...