Day: August 30, 2026

शिव शक्ति बाबाद्वारा बाढीपीडितलाई १ लाख २० हजारको राहत सामग्री सहयोग , भोलि नुवाकोट जादै

शिव शक्ति बाबाद्वारा बाढीपीडितलाई १ लाख २० हजारको राहत सामग्री सहयोग , भोलि नुवाकोट जादै

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
कोशी प्रदेश, मोरङको लेटाङमा बस्दै आउनुभएका जगद्गुरु शिव शक्ति बाबा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत वितरण गर्न भोलि नुवाकोट जाने हुनुभएको छ। बाढीपीडितको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै शिव शक्ति बाबाको पहलमा १ लाख २० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका विभिन्न खाद्यान्न तथा राहत सामग्री संकलन गरिएको छ। उक्त राहत सामग्रीमा ५० बोरा चामल, भुजा, चिउरा, पानी, चाउचाउ, दाल, बुट लगायतका खाद्यान्न सामग्री समावेश छन्। विपद्को कठिन समयमा प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सामग्री लिएर नुवाकोट जान लागिएको जनाइएको छ। बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका स्थानीयलाई आवश्यकताअनुसार राहत सामग्री वितरण गरिनेछ। मानवीय सेवाको भावनासहित प्रभावित समुदायको साथमा उभिँदै राहत वितरण गर्न लागिएको हो। विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै पीडित परिवारको दुःखमा स...
शक्तिशाली बाढीको बीचमा पनि अडिग रह्यो घर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा

शक्तिशाली बाढीको बीचमा पनि अडिग रह्यो घर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नेपालमा प्रकृतिले उग्र रूप लिँदा आएको शक्तिशाली बाढीले आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीको तीव्र बहावले धेरै घर तथा भौतिक संरचना प्रभावित भइरहेका बेला एउटा घर भने आश्चर्यजनक रूपमा सुरक्षित रहेको दृश्यले सबैको ध्यान तानेको छ। चारैतिर बाढीको भेल र जोखिमपूर्ण अवस्था रहे पनि उक्त घर भने आफ्नो ठाउँमा मजबुत रूपमा उभिएको देखिन्छ। घरभित्र रहेका मानिसहरू बाल्कोनीमा बसेर सुरक्षित रहेको दृश्यसमेत सार्वजनिक भएको छ। यति ठूलो र शक्तिशाली बाढीको सामना गर्दा पनि संरचनामा ठूलो क्षति नदेखिएपछि यसको निर्माण गुणस्तरबारे चर्चा सुरु भएको हो। यदि उक्त घरले वास्तवमै बाढीको यति ठूलो बहावलाई सामना गर्दै सुरक्षित रूपमा उभिन सफल भएको पुष्टि भएमा यसको डिजाइन तथा निर्माणमा संलग्न इन्जिनियर र ठेकेदारको काम प्रशंसनीय हुने भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत यस घटनालाई चासोका साथ उल्लेख ग...
त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ड्रिलिङमा आंशिक सफलता

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ड्रिलिङमा आंशिक सफलता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट
बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य तीव्र पारिएको छ। सुरुङमा जमेको लेदो हटाउँदै ड्रिलिङमार्फत उद्धारको बाटो खोल्ने प्रयास भइरहेको छ। उद्धारका क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान गर्न टोली सफल भएको छ। क्राउन पहिचान भएपछि ड्रिलिङबाट बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी भइरहेको छ। क्यामेरामार्फत सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउने तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउने प्रयास भइरहेको छ। साथै, सुरुङभित्र थुप्रिएको लेदो हटाउने कामलाई पनि सँगसँगै अघि बढाइएको छ। प्रतिकूल मौसम, लेदो र कठिन भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सम्भावित रूपमा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि टोलीले उपलब्ध सबै उपाय अपनाएर काम गरिरह...