Day: October 15, 2026

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ। गत असोज ११ गते आएको बाढीले कालीगण्डकी नदीमाथि रहेको पुलको दुवैतर्फको पहुँच सडक बगाएपछि आवागमन ठप्प भएको थियो। अस्थायी पहुँचमार्ग निर्माण गरी मर्मत कार्य सम्पन्न गरिएसँगै बुधबारदेखि पुलमा सवारीसाधन सञ्चालनमा आएका हुन्। नवलपुरतर्फको अस्थायी पहुँचमार्ग गत साता नै निर्माण सम्पन्न भएको थियो भने तनहुँतर्फको सडक मर्मत कार्य बुधबार पूरा भएको हो। दुवैतर्फको पहुँचमार्ग निर्माण भएपछि पुलबाट सवारीसाधन आवतजावत गर्न थालेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिएका छन्। पुलको तनहुँतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा स्याङ्जास्थित सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौत...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौं। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाका पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन माता स्कन्दमाताको पूजा गरी भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने धार्मिक परम्परा छ। पौराणिक मान्यताअनुसार माता स्कन्दमाता भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता हुन्। माता स्कन्दमातालाई मातृत्व, करुणा र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ। उहाँको स्वरूप कमलको आसनमा विराजमान तथा काखमा बालक स्कन्दलाई धारण गरेको रूपमा वर्णन गरिएको पाइन्छ। धार्मिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न प्रसङ्ग उल्लेख गरिएका छन्। स्कन्दमाताको नाम र स्वरूपबारे प्रचलित मान्यताअनुसार भगवान् शिव र पार्वतीका पुत्र स्कन्दको माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो। देवीका नौ स्वरूपमध्ये स्कन्दमाताको पूजा नवरात्रको पा...