Day: October 18, 2026

आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, समाचार
बडादसैँ तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गाका आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। यस अवसरमा देशभरका दसैँघर, मन्दिर तथा घरघरका पूजाकोठामा श्रद्धा र भक्तिभावका साथ माता महागौरीको पूजा गरी महाअष्टमी पर्व मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन माता महागौरीको विशेष पूजा गर्ने धार्मिक मान्यता छ। नवरात्रको यस पावन अवसरमा भक्तजनले माता महागौरीको आराधना गर्दै सुख, शान्ति, समृद्धि, सौभाग्य तथा परिवारको कल्याणको कामना गर्ने गर्दछन्। धार्मिक मान्यताअनुसार माता महागौरीलाई शान्ति, पवित्रता, करुणा र सौम्यताको प्रतीकका रूपमा पूजा गरिन्छ। उहाँको आराधनाले जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने, दुःख–कष्टबाट मुक्ति मिल्ने तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ। महाअष्टमीका दिन दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा, दुर्गासप्तशती पाठ, हव...