महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो
काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तलेजु भवानी मन्दिरमा महानवमीका अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। वर्षमा एकपटक महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने मन्दिरमा बिहान ५ बजेदेखि नै दर्शनार्थीको आगमन बढेको हो।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार मन्दिर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म पूजा, आराधना तथा दर्शनका लागि खुला गरिएको छ। तलेजु भवानीको दर्शन गर्न काठमाडौँ उपत्यकासहित विभिन्न स्थानबाट भक्तजन पुगेका छन्।
महानवमीका अवसरमा तलेजु भवानीको विशेष पूजा–आराधना गरिने भएकाले मन्दिर परिसरमा धार्मिक उत्साह र चहलपहल देखिएको छ।...






