चिन लाई दियो टक्कर , अब नेपाल मै Great waal ग्रेट वाल
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, विचार, समाचार
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ मा चीनको प्रसिद्ध ग्रेट वालको झल्को दिने संरचना निर्माण गरिएको छ। मकवानपुर र धादिङ जिल्लाको सिमानासँग जोडिएको क्षेत्रमा रहेको उक्त संरचना मकवानपुरको जग्गामा बनेको हो। पछिल्लो समय यस स्थानमा विभिन्न ठाउँबाट पर्यटकहरू पुग्ने क्रम बढ्दै गएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रमा रहेको यस संरचनाले आन्तरिक पर्यटकको ध्यान आकर्षित गरेको छ। नयाँ तथा फरक पर्यटकीय गन्तव्यको खोजीमा रहनेहरूका लागि यो स्थान आकर्षणको केन्द्र बन्दै गएको हो। यहाँ पुग्ने पर्यटकहरूले संरचनाको अवलोकन गर्नुका साथै वरपरको प्राकृतिक दृश्य नियाल्ने र तस्बिर तथा भिडियो खिचेर रमाउने गरेका छन्।
मकवानपुर र धादिङ जिल्लाको सिमानासँग जोडिएको यस क्षेत्रको भौगोलिक अवस्थिति पनि विशेष रहेको छ। दुई जिल्लाको सिमानानजिक अवस्थित भए पनि संरचना मकवानपुर जिल्लाको थाहा नगरपालिका–१२ त...






