वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित
काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन्। भट्टराईलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Extraordinary Personality of the Year’ अवार्ड प्रदान गरिएको हो।
काठमाडौं स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा भट्टराईलाई प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हातबाट उक्त सम्मान प्रदान गरिएको हो।
लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टराईले सनातन धर्म, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै सामाजिक विषयवस्तुको प्रचार–प्रसारमा निरन्तर योगदान पुर्याउँदै आएको आयोजक पक्षले जनाएको छ।
सञ्चार क्षेत्रमार्फत धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूको खोज, पहिचान र प्रचार–प्रसारमा सक्रिय भट्टराईले आफ्नो कार्यक्षेत्रमा निरन्तर समय...















