नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि समाजमा रहेको जनअसन्तुष्टि र अविश्वास अझै कायमै रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले समाजमा गहिरो असन्तुष्टि रहेको उल्लेख गर्दै सामान्य देखिने कुनै घटनाले पनि ठूलो जनउभारको अवस्था सिर्जना गर्न सक्ने बताएका हुन्।
उनले भने, “अहिले हेर्दा अवस्था शान्तजस्तो देखिन्छ। निर्वाचन भएको छ, सरकार बनेको छ, दुई तिहाइको बहुमत छ र हामी प्रतिपक्षमा छौँ। बाहिरबाट सबै कुरा ठीकठाक देखिए पनि अवस्था त्यस्तो मात्र होइन। हालै मधेशमा भएको घटनाले पनि सानो घटनाले एकाएक ठूलो असर पार्न सक्ने देखाएको छ।”
थापाले नेपाली समाजमा अस्थिरता, बेचैनी, निराशा र असन्तुष्टि रहेको दाबी गरे। नयाँ राजनीतिक शक्ति उदाएको र निर्वाचन सम्पन्न भएको भए पनि जनअसन्तुष्टिका मूल कारणहरू सम्...















