समाचार

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन्। भट्टराईलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Extraordinary Personality of the Year’ अवार्ड प्रदान गरिएको हो। काठमाडौं स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा भट्टराईलाई प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हातबाट उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टराईले सनातन धर्म, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै सामाजिक विषयवस्तुको प्रचार–प्रसारमा निरन्तर योगदान पुर्‍याउँदै आएको आयोजक पक्षले जनाएको छ। सञ्चार क्षेत्रमार्फत धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूको खोज, पहिचान र प्रचार–प्रसारमा सक्रिय भट्टराईले आफ्नो कार्यक्षेत्रमा निरन्तर समय...
थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, समाचार
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो। विभिन्न क्षेत्रमा सामाजिक तथा सार्वजनिक योगदान पुर्‍याउँदै आएका गोपालीलाई विशेषगरी जीवन बिज्ञान स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानलाई मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजित विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विनोद पहाडी, सन्तोषराज सहनी, भरत समारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका आयोजक अनमोल आर. भगत लगायतको समेत सहभागिता रहेको थि...
रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सरकारले गुञ्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवस्तरीय निर्णयबाट गत असोज १ गते गरिएको मनोनयनसम्बन्धी सूचना हालै सार्वजनिक भएको हो। गुञ्जन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध जेन–जी पुस्ताकी नेतृ हुन्। गत वर्ष भएको जेन–जी आन्दोलनमा उनी सक्रिय रूपमा सहभागी थिइन्। आन्दोलनपछि राष्ट्रपति कार्यालयसँगको संवाददेखि नेपाली सेनाको जंगीअड्डासम्मका विभिन्न गतिविधिमा उनको उपस्थिति देखिएको थियो। उनी हाल गृहमन्त्री सुधन गुरुङसँग निकट रहेको बताइन्छ। गुरुङसँगै रास्वपामा प्रवेश गरेकी उनलाई पार्टीको नवप्रवर्तन विभागको सदस्यसमेत बनाइएको थियो। रास्वपाको चितवन महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्। बालेन शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि गुञ्जन उद्योगमन्त्री गौरी यादवको स...
नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि समाजमा रहेको जनअसन्तुष्टि र अविश्वास अझै कायमै रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले समाजमा गहिरो असन्तुष्टि रहेको उल्लेख गर्दै सामान्य देखिने कुनै घटनाले पनि ठूलो जनउभारको अवस्था सिर्जना गर्न सक्ने बताएका हुन्। उनले भने, “अहिले हेर्दा अवस्था शान्तजस्तो देखिन्छ। निर्वाचन भएको छ, सरकार बनेको छ, दुई तिहाइको बहुमत छ र हामी प्रतिपक्षमा छौँ। बाहिरबाट सबै कुरा ठीकठाक देखिए पनि अवस्था त्यस्तो मात्र होइन। हालै मधेशमा भएको घटनाले पनि सानो घटनाले एकाएक ठूलो असर पार्न सक्ने देखाएको छ।” थापाले नेपाली समाजमा अस्थिरता, बेचैनी, निराशा र असन्तुष्टि रहेको दाबी गरे। नयाँ राजनीतिक शक्ति उदाएको र निर्वाचन सम्पन्न भएको भए पनि जनअसन्तुष्टिका मूल कारणहरू सम्...
प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, समाचार
सुनसरी । प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लका अनुसार गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको हो। बन्दागोभी बोकेको ट्रकमा लुकाएर गाँजा ओसारपसार भइरहेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको...
अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उनलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्। अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार तय गरिएको भेटमा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, विकास सहायता, पुनर्निर्माण तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधार क्षेत्रमा लग...
गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, मठ–मन्दिर संरक्षण र संवर्द्धनमा जोड

गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, मठ–मन्दिर संरक्षण र संवर्द्धनमा जोड

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
धादिङ । धुनिबेँसी नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। मन्दिर परिसरमा आयोजित कार्यक्रममा धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारण सभामा धुनिबेँसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीसहित गोरखा, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाबाट आएका धार्मिक तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नेपालका मठ–मन्दिर, धार्मिक स्थल तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। धार्मिक तथा सांस्कृतिक सम्पदाहरू केवल पूजा–आराधनाका स्थल मात्र नभई नेपालको मौलिक संस्कृति, परम्परा, इतिह...
गगन थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन, काठमाडौं–४ मा अधिकांश पदाधिकारी सर्वसम्मत

गगन थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन, काठमाडौं–४ मा अधिकांश पदाधिकारी सर्वसम्मत

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। बिहीबार सम्पन्न काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय तथा प्रदेश अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। अधिवेशनले काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा रामप्रसाद लुईटेललाई चयन गरेको छ। यस्तै, प्रदेश ‘क’ सभापतिमा आशामान संगत र प्रदेश ‘ख’ सभापतिमा राधेश्याम कार्की चयन भएका छन्। क्षेत्रीय तथा दुवै प्रदेशका कार्यसमितिका पदाधिकारीहरू पनि अधिवेशनबाट चयन भएका छन्। तीमध्ये अधिकांश पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका हुन्। अधिकांश पदमा सहमतिमै नेतृत्व चयन भएपछि काठमाडौं–४ मा कांग्रेसको स्थानीय संगठनभित्र सहमतिको आधारमा नेतृत्व छनोट गर्ने प्रयास भएको देखिएको छ। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष रहनेछ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका ...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। ट्राफिक प्रहरीले सूचना थाहा नपाई पहाडी क्षेत्रमा जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ। लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेकाले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। तराईका कैलाली र कञ्चनपुरमा भने हाल सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन।...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। लगातारको वर्षाका कारण पानीको सतह बढेर बस्ती डुबानमा परेपछि जोखिममा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानतर्फ सारेको हो। पानीको बहाव बढ्दै गएपछि जोखिममा परेका नागरिकको प्राथमिकताका आधारमा उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार टोलीले डुबान प्रभावित क्षेत्रमा पुगेर स्थानीयवासीको अवस्थाबारे जानकारी लिँदै जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। उद्धार गरिएका सबै २५ जना सुरक्षित रहेको जनाइएको छ। नदी तथा सीमावर्ती क्षेत्रमा पर्ने सुस्ता वर्षायाममा बाढी र डुबानको जोखिममा रहने भएकाले सशस्त्र प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निगरानी तथा उद्धार तयारीलाई निरन्तरता दिएको जनाएको छ।...